Monday, December 23

विपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने समय सर्यो

काठमाडौँ । विपक्षी दलहरूको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यसूची बेलुका ८ बजेलाई सरेको छ । बाढी पहिरोबाट पीडित भएकाहरूको राहत तथा पुर्नस्थापना, सरकारको कमजोरी, जनजिवीका, सुशासन लगायत विषयमा प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी थियो ।

दिउँसो ४ बजेको कार्यसूची सरेर कार्यदलका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता शिशिर खनालले जानकारी दिए । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले खनालसहित नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले समय तालिका सरेको खनालले जानकारी दिए ।

‘शीर्ष नेताहरू काठमाडौँ बाहिर रहेकाले ज्ञपनपत्र बुझाउने कार्यतालिका बेलुका ८ बजेलाई सरेको छ । प्रधानमन्त्रीज्यू पनि व्यस्त रहनुभएकाले समय सरेको जानकारी आएको छ’, खनालले भने ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *