Thursday, December 26

रेसुङ्गामा ‘गो’ महोत्सवको सुरु

१० कात्तिक, गुल्मी । रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ ।

‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा दैनिक पण्डित रमेश सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको छ ।

महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा गाईको महत्वलगायतका विभिन्न विषयमा ज्ञानवद्र्धक जानकारीहरु प्रस्तुत गरिने रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीले बताए ।

हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको पन्थीले बताए ।

सोही अवसरमा अवसरमा आफ्ना मावली हजुरबुबा स्वर्गीय खडनन्द पाण्डे र स्वर्गीय हजुरआमा खगिसरा पाण्डे तथा स्वर्गीय पिता चिन्तामणि र स्वर्गीय माता निमकला भुुसालको स्मृतिमा उद्यमी बालकृष्ण भुसाल तथा धर्मपत्नी शान्ता भुसालद्वारा गौशालामा निर्मित श्री राधा कृष्ण भगवानको मूर्ति प्रतिस्थापन तथा मन्दिरको उद्घाटन गरिएको छ ।

महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।

२०४२ सालदेखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ ।

अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् । गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ ।

गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।

गाईको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियान समेत सञ्चालन गर्दै आएको छ ।

रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्ष पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचल पनि रहेको छ ।

गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गए पनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।

वनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधि हुने मान्यता रहेको छ । प्रायः सबै ठाउँमा स्थानिय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अवस्था गाईलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *