१३ कात्तिक, धनगढी । बझाङमा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु भएको छ ।
साइपाल गाउँपालिका-२ का ७ वर्षीय असन धामीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार धामीलाई आइतबार घर नजिकैको खेतबारीमा खेल्ने क्रममा अरिङ्गालले टोकेको थियो ।
गम्भीर घाइते अवस्थाका धामीलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पुगाइएको थियो ।
धामीको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
अरिङ्गालको टोकाइबाट अर्का ५ वर्षीय शितल धामी पनि घाइते भएका थिए । उनी स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।