Wednesday, December 25

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनले राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक १५ गते ३० गते सम्मको भ्रमणका लागि स्वीकृत गरेको बताए । उनले अजरबैजानको बाकु आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको बताए ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल प्रहरीको एआईजी पदमा किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई बढुवा गरेको छ । नेपाल प्रहरी रिक्त जनपद समूहमा रिक्त रहेको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्रहरी महानायक निरीक्षक राणालाई बढुवा गरी प्रदेश समन्वय विभाग नक्सालमा र प्राविधिक स्वास्थ्य समूह तर्फ रिक्त अतिरिक्त प्रहरी महानिरीक्षक पदमा प्राविधिक प्रहरी महानायक निरीक्षक ह्याजु लाई बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदास्थापना गरिएको मन्त्री गुरुङले बताए ।

उनले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको बताए । उनले आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यहरूमा महेत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा. जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी रहेको बताए ।

उनले नेपाल सरकार र भारतीय एजीम बैंकबिच भएको ऋण सम्झौता एलओसी सेकेण्ड र एलओसी चौथो लाइन अफ क्रेडिड संशोधन गरी ३५० अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर कायम गर्न स्वीकृत प्रदान निर्णय गरेको पनि बताए।

मन्त्रिपरिषद्ले नयाँ बुटवल लम्ही ४०० केभी प्रसारणलाइन आयोजनाको टावर प्याड निर्माण गर्न रुपन्देही कपिलवस्तु,अर्घाखाँची र दाङ जिल्लामा करिब ०.२६ हेक्टर जग्गा प्राप्ति गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृत दिने निर्णय पनि गरेको छ । सरकारले सम्पत्ति शुद्धीकरण नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *