१४ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशाला पुगेका छन् ।
खेल सुरु हुनु दुई घण्टा अघिदेखि दर्शकहरु रंगशाला पुगेका थिए । साढे ६ बजे सुरु हुने खेलअघि नै दर्शकले प्याराफिट भरिइसकेको छ ।
बुधबारको खेलमा ११ हजार दर्शकले टिकट काटेका छन् । यसबाहेक अतिथि, पूर्वखेलाडी, खेल पदाधिकारीलगायत पनि जाने भएकाले रंगशालामा टिकट काटेभन्दा धेरै बढी दर्शकहरु छन् ।
धेरै दर्शक नेपाली टिमलाई समर्थन गर्न राष्ट्रिय झण्डासहित पुगेका छन् ।