Monday, December 23

पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्सलाई पोखरामा नगर परिक्रमा

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको मेन्टर नियुक्त भएका जोन्टी रोड्सलाई पोखरामा नगर परिक्रमा गराइएको छ । बुधबार पोखरा पुगेका उनलाई मोटरसाइकल र्‍यालीसहित नगर परिक्रमा गराइएको हो ।

क्रिकेट जगतमा उत्कृष्ट फिल्डरको पहिचान बनाएका दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स पोखरा एभेन्जर्सले एनपीएलका लागि मेन्टरमा नियुक्त गरेको छ । एनपीएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्समा ३ वर्षको सम्झौतामा अनुबन्ध भएका जोन्टी बुधबार दिउँसो २ बजे काठमाडौं ओर्लिएर सिधै पोखरा पुगेका हुन् ।

पोखरामा जोन्टीलाई बुधबार पनि प्रशंसकहरूले भव्य स्वागत गरेका थिए ।

आगामी तीन वर्षका लागि सम्झौता गरेको पोखरा एभेन्जर्सका टिम मेन्टर जोन्टी दक्षिण अफ्रिकी दायाँ हाते व्याट्स्‌म्यान हुन् ।

जोन्टी बिहीबार दिउँसो नै काठमाडौं फर्किएर टिमका खेलाडीलाई प्रशिक्षण दिने र जर्सी सार्वजनिक गर्ने कार्यक्रम छ । दक्षिण अफ्रिकाका पूर्व केटर रोड्सले यसअघि मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्ससँग काम गरिसकेका छन् । उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेलमा प्रतिनिधित्व गरेका छन् ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की प्लेअर रहेको पोखरा एभन्जर्सले एनपीएलका लागि चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिटले, वेस्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध गरिसकेको छ ।

टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत अनुबन्ध भएका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपीएलल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *