Monday, December 23

पोखरामा आज पनि रास्वपाको प्रदर्शन

२५ कात्तिक, पोखरा । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् ।

लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।

सभापति पक्राउविरुद्ध उनका समर्थकसहित कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *