Tuesday, December 24

विशाल बजार क्षेत्रका विद्युत् पोल हटाउँदै काठमाडौं महानगर

२९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले विशाल बजार क्षेत्रका विद्युतको पोल क्रेन लगाएर हटाउन थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणले न्युरोड, इन्द्रचोक क्षेत्रमा विद्युत् र इन्टरनेटको तार भूमिगत गरेपछि अनावश्यक रूपमा रहेका विद्युत् पोल र ट्रान्सफर्मर महानगरले हटाउन सुरु गरेको हो ।

‘प्राधिकरणले विद्युत् तार भूमिगत गरिसकेको छ । अनावश्यक रूपमा रहेका विद्युत् पोल र ट्रान्सफर्मर अन्य स्थानमा लैजान प्राधिकरणलाई महानगरले सहयोग गरेको हो,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने । उनका अनुसार सो क्षेत्रमा ३०–४० वटा पोल हटाउनु पर्नेछ ।

‘प्राधिकरणले प्रयोगमा नआउने भनिएका सबै पोल महानगरले हटाउँछ, अहिले विशाल बजार अगाडि क्षेत्रमा रहेका पोलहरू हटाउँदै छौं,’ उनले भने ।

महानगरपालिकाले विशाल बजार अगाडि फुटपाथ पनि विस्तार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *