Wednesday, January 15

बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

९ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा लगातार अधिक तरलता भएपछि आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण राष्ट्र बैंकले निरन्तर बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गरेर ब्याजदरलाई एउटा वाञ्छित सीमाभित्र राख्ने प्रयास गरिरहेको छ ।

आइतबार राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो । उक्त उपकरणमा लगानी गर्न चाहने बैंकले आइतबार दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् । ब्याजदर बोलकबोलबाट नै निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

लगानी गर्न चाहने बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।

निक्षेप संकलन उपकरणको साँवा र ब्याज भुक्तानी २३ मंसिरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *