१२ मंसिर, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रद सेयरमा बुधबारदेखि आवेदन खुलेको छ ।
कम्पनीले १ बराबर ०.८८४ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
बुधबार कार्यालय समयपछि पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक ८ गतेसम्म कायम सेयरधनीले अनलाइन प्रणाली मेरोसेयर तथा आफ्नो बैंक खाता रहेको शाखामार्फत भौतिक फारम भरेर आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्कासन प्रयोजनका लागि इक्रा नेपालले कम्पनीलाई ए प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङले तुलनात्मक रुपमा मजबुत जनाउँछ ।
जीवन बीमा कम्पनीहरुले चुक्ता पूँजी ५ अर्ब पुर्याउनुपर्ने व्यवस्थाअनुरुप कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो । मंगलबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११८० रुपैयाँ छ । हकप्रद निष्कासन पश्चातको मूल्य समायोजन भइसकेको छ ।