Sunday, December 22

विदेश पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा २ जना पक्राउ

१२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकनवानपुरको बकैया गाउँपालिका–५ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ घर भइ काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी छन् ।

सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले सुवर्णलाई काठमाडौंको बाफलबाट सोमबार र मनिषालाई नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *