१३ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ४९ हजार ६०० रुपैयाँ थियो ।
विगत एक महिनामा सुनको भाउ तोलामा २१ हजार ४ सय घटेको छ । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार पुगेको थियो । भन्सार दर घटाइनु र अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य घटेपछि नेपालमा प्रभाव परेको हो ।
चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १ हजार ८३० रुपैयाँ रहेको चाँदी यस दिन १८०० कायम भएको छ ।