Monday, December 23

काठमाडौंमा कहाँ–कहाँ हुन्छ मतगणना ? कहिले आउँछ नतिजा ?

१६ मंसिर, काठमाडौं । उपनिर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।

कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिकाको हलमा र काठमाडौंको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।

कीर्तिपुरमा मेयर तथा वडा नम्बर १ र ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको छ । यसैगरी काठमाडौंको वडा नम्बर १६ मा वडाअध्यक्ष पदका लागि मतदान भइरहेको छ ।

वडा नम्बर १६ का मुख्य निर्वाचन अधिकृत कमल पोखरेलको कार्यालय पनि त्यहीँ रहेकाले मतगणना पनि त्यहीँ हुनेछ ।

काठमाडौंको हकमा सबै ठाउँमा मतदान शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ । ‘काठमाडौं जिल्लाभित्रको कुरा गर्नुपर्दा आजै मतगणना सुरु गरेर सकेसम्म आजै राति वा भोलि बिहानसम्म परिणाम सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *