१६ मंसिर, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् ।
भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् ।
ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए ।
शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।
विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।