१६ मंसिर, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल गर्दैछ ।
यसका लागि आइतबार बिहान ११ बजे समितिको बैठक राखिएको छ । सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव लगायतलाई बोलाइएको छ ।
समितिले सरकारी आश्वासका विषयमा विगतमा पनि छलफल गर्दै आएको छ । यसअन्तर्गत आइतबार युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासन सम्बन्धमा छलफल गर्न लागेको हो ।