Tuesday, December 24

नेपालकी शिलशिला बीबीसीको १०० प्रभावशाली महिला सूचीमा

१८ मंसिर, काठमाडौं । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपाली शिलशिला आचार्य पनि परेकी छन् ।

बीबीसीले सन् २०२४ को सोमबार प्रकाशित १०० प्रभावशाली महिलाको सूचीमा अटाएकी उनी दशकभन्दा लामो समयदेखि जलवायु परिवर्तन, फोहोर व्यवस्थापन र वातावरणीय न्याको क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी छन् ।

गत वर्ष ८ मार्चमा अनलाइनखबरले सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा पनि उनी परेकी थिइन् ।

हाल अभ्नि सेन्टर फर सस्टेन्एबिलिटीकी निर्देशक रहेकी उनी वातावरणीय समाधान र दिगोपन प्रवर्द्धनमा काम गरिरहेकी छन् ।

प्लास्टिकको प्रयोग घटाउन, फोहोर व्यवस्थापन प्रणाली सुधार्न र इलेक्ट्रोनिक फोहोर पुनःचक्रणमा महत्वपूर्ण भूमिका खेलेकी बीबीसीले उल्लेख गरेको छ । उद्यमशीलतालाई वातावरणीय न्याससँग जोड्नुपर्नेमा जोड दिने उनले काठमाडौं उपत्यकामा प्लास्टिक प्रतिबन्धको अभियानमा सक्रिय रहँदै आएकी छन् । वातावरण संरक्षणमा नीति निर्माणसम्म सक्रिय उनको कम्पनी ग्रामीण र शहरी क्षेत्रमा वातावरणीय प्रभावलाई कम गर्न स्थानीय तहमा काम गरिरहेको छ।

उनी जलवायु परिवर्तनका मुद्दालाई समावेशी बनाउन ग्रामीण क्षेत्रका अनुभवलाई नीति र व्यवहारमा जोड्ने प्रयासमा छिन्।

शिलशिलाको यो सफलताले नेपाली महिलाको वातावरणीय अभियानलाई विश्वव्यापी मान्यता दिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *