Tuesday, December 24

राष्ट्रपति पौडेलको प्रोस्टेटको शल्यक्रिया

१९ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पोटेस्टको शल्यक्रिया सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पौडेलको शल्यक्रिया गरिएको हो ।

उपचारमा समलग्न एक चिकित्सकका अनुसार राष्ट्रपति पौडेलालाई क्याबिनमा सार्ने तयारी गरिँदै छ ।

प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गरेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको समस्या सामान्य नै हो ।

राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गरिएको चिकित्सकले बताए ।

‘प्रोटेस्टको सामान्य समस्या थियो । त्यही सफा गर्ने हो । प्लानअनुसार नै शल्यक्रिया गरेका हौं,’ ती चिकित्सकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *