Wednesday, December 25

शिक्षा समितिमा पुगेका महेन्द्र बिरामी भन्दै निस्किए, त्यसपछि खोजी भयो पुरुष सांसद

२३ मंसिर, काठमाडौं । गणपुरक संख्या नपुगेपछि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भयो । आइतबार २ बजेका लागि बैठक बोलाइएको थियो । तर, ३ बजेसम्म पनि गणपुरक संख्या पुगेन ।

त्यसपछि सभापति अम्बर बहादुर थापाले बैठक स्थगित भएको बताए । ‘गणपुरक संख्या पुगेन । भोलि १ बजे बस्नेगरी बैठक स्थगित भएको छ,’ सभापति थापाले भने ।

२४ सदस्यीय रहेको समितिमा १० जना मात्र भएपछि स्थगित भएको हो । बैठकको लागि १३ सदस्य आवश्यक पर्छ ।

विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गर्ने कार्यतालिका थियो । गणपुरक संख्या नपुगेपछि दफावार छलफल रोकियो ।

रोचक के भयो भने, बैठकमा पुरुष सांसद उपस्थित भएनन् । १० जना उपस्थित सांसदमध्ये एक जना पुरुष सांसद महेन्द्र राय यादव आएका थिए ।

तर आँखाको बिरामी भएको भन्दै उनी बाहिरिए । त्यसपछि महिला सांसद मात्र बाँकी रहे ।

‘आजको बैठक विशेष छ । याद गर्नुस् है । पुरुष सांसद आउनु भएन,’ बैठक स्थगित भएपछि महिला सांसदहरू भन्न थाले ।

बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि पुगेकी थिइन् ।

उपस्थित सांसदहरू :

ईश्वरी घर्ती
दीपा शर्मा
रेखा शर्मा
विनिता कुमारी सिंह
सरिता भुसाल
सुमना श्रेष्ठ
संगिता मण्डल
धानुकज्ञानु सुवेदी बस्नेत
महेन्द्र राय यादव

अनुपस्थित सांसदहरू :

तोसिमा कार्की
बिना जैसवाल
उर्मिला थेबे– बिरामी
मनोरमा शेरचन – बिरामी
लिलादेवी बोखिम लिम्बू

अनुपस्थित पुरुष सांसदहरू :
कालुराम राई
चन्द्रकान्त भण्डारी
छविलाल विश्वकर्मा
डिगबहादुर लिम्बू
देवेन्द्र पौडेल
धनराज गुरुङ
प्रभु हजारा
रामप्रकाश चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *