Monday, December 23

कांग्रेसले भन्यो – चीनसँग भएको एड फाइनान्सिङको मक्सद नै अनुदान समझदारी हो’

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएको छ । सोमबार बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारी बारेमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यस अघि नै निर्णय गरिसके अनुसार समझदारी भएको महतले दाबी गरे । बैठक पछि महतले भने,‘प्रधानमन्त्री फर्के पछि अनुदान नै लिने हो, ऋण होइन भन्नुभएको छ ।’ कांग्रेसको भनाइ अनुसार नै सरकारले चीन आफ्ना धारणा प्रस्तुत गरेको महतले बताए ।

‘फ्रेमवर्क समझदारी भएको छ । हाम्रो राष्ट्रिय अनुकूलताका विषयवस्तुहरु मात्रै समावेश गर्ने गरेर अघि बढ्यो । ग्रान्ट फाइन्नासिङ नभएर एड फाइन्नासिङ आयो भनेर सार्वजनिक रुपमा जुन चर्चा भएको छ,’ महतले भने,‘ एड फाइन्नासिङ ग्रान्ट स्वभाविक रुपमा पर्ने भइहाल्यो ।’

परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने महतले बताए । शर्त सहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने महतले बताए । ‘पोखरा विमानस्थलको पनि अत्यन्त नराम्रो हाम्रो अनुभव छ । प्रतिफल नआउने सुनिश्चित भइसक्यो । खराब ऋणमा पर्‍यो,’ महतले भने,‘अहिले हामी ऋण लिन सक्ने अवस्थामा छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *