Thursday, December 26

पत्रकार महासंघमा युनियन र चौतारीबीच टुंगियो जिल्लाको भागबण्डा

२५ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि प्रेस युनियन र प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ ।

आज टुंगिएको भागबण्डा अनुसार ३७ जिल्लाको नेतृत्व युनियनले पाउनेछन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउनेछन् । युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको छ ।

२६ मंसिरमा मतदान हुने २७ औं महाधिवेशनका लागि यी दुई संगठनले केन्द्र र प्रदेश कार्य समितिमा पनि भागबण्डा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *