२८ पुस, काठमाडौं । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हिँउदे अधिवेशन आह्वान गरेका छन् ।
आइतबार बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गतेबाट हिँउदे अधिवेशन बोलाउन सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को सोही सिफारिसका आधारमा संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा आह्वान भएको हो ।
प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी सम्पूर्ण थापाका अनुसार माघ ७ गते दिउँसो २ बजे बस्नेगरी अधिवेशन आह्वान भएको छ ।
गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो ।