२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेजको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट आज पेसीमा चढेको छ ।
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच न्यायाधीशको संवैधानिक इजलासको दोस्रो नम्बरमा पेसी तोकिएको छ । दोस्रो नम्बरमै परेकाले यसमा आज सुनुवाइ हुने सम्भावना छ ।
२०७७ सालमा अध्यादेशमार्फत् नियुक्त ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । तर सुनुवाइ पटक–पटक सर्दै आएको छ ।