३ माघ, काठमाडौं। पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले अलग्गै पार्टी निर्माण प्रक्रिया सुरु गरेका छन् ।
नेकपा एमालेबाट निस्कासित भएपछि रावलले पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका थिए ।
बिहीबार सामाजिक सञ्जालामा उनको पार्टीको अवधारणा र संरचना सार्वजनिक गरेका छन् ।
सार्वजनिक अवधारणापत्र अनुसार उनको पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहनेछ ।
सार्वजनिक भएको अवधारणापत्र अनुसार वडा, पाकिला, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण गर्ने हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी उनले दिएका छन् ।
त्यो भन्दा बढी मानिस भए सम्बन्धित तहको तसर्थ परिषद् गठन गर्ने व्यवस्था पनि सार्वजनिक गरेका छन् ।