Monday, December 23

हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो

७ भदौ, काठमाडौं । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।  मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो ।

शुक्रबार दिउँसो थासाङ गाउँपालिकामा हिँउको ढिस्को खस्दा यो खोला थुनिएको हो । ‘सीडीओ सहितको टोली पुगेको छ’, उनले अनलाइनखबरसँग भने, ‘विस्तारै खोला बग्न थालेको छ । ठूलो मानवीय क्षति नहोला । तर सतर्क रहनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *