Thursday, December 26

महामन्त्रीको प्रतिवेदनमा सहमति खोज्न देउवाले बोलाए पदाधिकारी बैठक

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् ।

शनिबार विहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको छ । १६ भदौमा बस्ने केन्द्रीय समिति अघि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति खोज्न देउवाले शीर्ष नेताको बैठक बोलाएका हुन् ।

सभापति देउवाले मंगलबार र विहीबार (आज) दुई महामन्त्रीको प्रस्तावका लागि उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए ।

पार्टी स्रोतका अनुसारका दुई दिनको बैठकमा सहमति जुट्न सकेको छैन । चुनावी तालमेल नगर्ने, एक्जिट पोलिसी र महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न सकेको छैन । ‘मुख्यत तीन एजेण्डामा दुई दिनको छलफलमा भएको छ । दुई महामन्त्री पछि नहटेपछि छलफल विना निष्कर्ष टुंगिएजस्तै छ ।’

मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने सहमति उन्मुख भएको दाबी गरेका छन् । एक्जिट पोलिसी, महाधिवेशन कार्यतालिका लगायतमा सहमति नजिक पुगेको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *