सहकारी प्रकरणमा रास्वपाका नेताहरूको नाम जोडिएपछि गृहमन्त्रीले भने, ‘प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन’
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् ।
मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम पनि सहकारी प्रकरणमा मुछिएको बारेमा सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै उनले प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको जिकिर गरे ।
उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए । उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको पनि जिकिर गरे ।
उनले भने, ‘समाचार आएपछि पुग्यो, तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो की होइन, भन्ने कुरा । हेडलाइनमा एउटा प्रश्न राखेर ठगीमा ? भनेर प्रश्न राखिदिएको हो कि, हतकडी ...