Friday, December 27

रिजन ढकाल १० लाखमा चितवनमा आवद्ध

२० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा रिजन ढकाल १० लाख रुपैयाँमा चितवन राइनोजमा आवद्ध भएका छन् ।

आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँ हाते तीब्र गतिका बलर रिजन ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका हुन् ।

त्यस्तै स्पिन अलराउण्डर सुवास भण्डारी विराटनगर किंग्समा पुगेका छन् । न्यूनतम मूल्य २ लाख राखेका उनलाई किन्न दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।

विराटनगर त्यसपछि काठमाडौं गुर्खाजले अक्सनमा बोली लगाएका थिए । उनी २ लाख ५० हजारमा विराटनगरमा पुगेका छन् ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *