Wednesday, December 25

रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिले दिए पदबाट राजीनामा

१ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले पदबाट राजीनामा दिएको रास्वपा स्रोतले पुष्टि गरेको छ ।

‘उहाँले अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाउनुभएको छ । पार्टीबाट नै राजीनामा दिनुभएको चाहिं होइन,’ रास्वपा स्रोतले भन्यो । न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे ।

कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए । देवकोटा अमेरिकामा रहेको बेला तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट न्यौपानेले स्पष्टीकरण सोधेका थिए ।

विधान अनुसार ११ सदस्यीय हुने अनुशासन आयोगमा न्यौपानले राजीनामा दिएपछि हाल चार सदस्यीय कार्यसमिति छ ।

@अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *