Monday, December 23

ओछ्यानमा घण्टौँ सुत्दा पनि निद्रा आउँदैन ? यसो गर्नुस्

काठमाडौँ । स्वास्थ्यलाई राम्रो बनाउन चाहनु हुन्छ भने पुरापुर निद्रा लिनु जरुरी छ । शरीरले पर्याप्त निद्रा पाएन भने स्वास्थ्यमा यसको असर देखिन थाल्छ । विज्ञहरूले हरेक दिन ८–९ घण्टा सुत्ने सल्लाह दिन्छन् । कतिपय मानिसहरू सुत्नेबित्तिकै निदाउने गर्छन् तर कतिपयलाई निदाउन निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।

कोल्टे फेर्दा फेर्दै अनि निकै कोसिस गर्दा निदाउने मान्छे पनि हुन्छन् । केहीलाई त राति फिटिक्क निद्रा लाग्दैन सारा रात कोल्टे फेरेरै जान्छ । अनि बिहान उठ्दा देखि नै जिउ दुखेको जस्तो, आलस्य जस्तो महसुस हुन्छ । दिनभरि हाई हाई आइरहन्छ । बिरामी भएको जस्तो, जिउँमा जाँगरै नभएको जस्तो महसुस हुन्छ । आजको यस लेखमा हामीहरू छिटै निदाउन अनि आरामले सुत्न सहयोगी हुने उपाय बनाउनेछौँ ।

छिट्टै निदाउने यो एउटा उपाय:

राम्रो निद्रा पाउन र आनन्दले सुत्न चाहनु हुन्छ भने राति सुत्नुअघि दूधमा दालचिनी मिसाएर पिउन सक्नुहुन्छ । यसका लागि एक गिलास तातो दूधमा एक चिम्टी दालचीनीको धुलो मिसाउनुहोस् । स्वादको लागि यसमा तपाई मह पनि मिसाउन सक्नुहुन्छ । यो दूधको सेवनले तपाईँलाई छिट्टै निदाउन मद्दत गर्छ ।

यस्ता छन् दालचिनी सेवनको स्वास्थ्य लाभ:

दालचिनीमा यस्ता पोषक तत्त्वहरू पाइन्छ जसले मस्तिष्कमा सेरोटोनिन र मेलाटोनिनको स्तर बढाउन मद्दत गर्छ । यी दुवै निद्राका लागि आवश्यक हर्माेन हुन् । यस बाहेक, दालचीनीले मांसपेशी तनाव र सुन्निएको पनि कम गरेर ज्यानलाई आराम दिन मद्दत गर्दछ । यसबाट तपाई राम्रोसँग सुत्न सक्नु हुनेछ ।

अस्वीकरण: यहाँ दिइएको सामाग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ । यहाँ दिइएका जानकारी पालना गर्नु अघि विशेषज्ञ वा डाक्टरसँग सल्लाह लिनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *