Tuesday, December 24

नेपालको कम्युनिस्ट आन्दोलनलाई एक बनाउन प्रचण्ड र माधवले विशेष भूमिका खेल्नुपर्छ : प्रवक्ता पुरी

काठमाडौँ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा कम्युनिस्ट आन्दोलन विभिन्न टुक्रामा विभाजित भए पनि वर्ग रहेसम्म आन्दोलन जीवितै रहने बताएका छन् ।

नेकपाका संस्थापक सदस्य नरबहादुर कर्मचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधवार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्ट पार्टीलाई एक बनाउन शीर्ष नेताहरूले नसकेको स्वीकार गरे ।

कर्मचार्य एउटा निश्चल व्यक्ति भएकाले कम्युनिस्ट आन्दोलनलाई एक बनाएर लैजान सबैको ध्यान दिनुपर्ने पुरीले बताए । यसका लागि प्रचण्ड र माधव नेपालले विशेष पहल गर्नुपर्ने जिकिर गरे ।

‘नेपालको कम्युनिस्ट आन्दोलन निकै उतारचढाव भएका छन् । विभिन्न घटकमा विभाजित छन् । नरबहादुर कर्मचार्य स्वयम् आफै निकै असन्तुष्ट रहेको उनको जीवनीमा आएको छ । कम्युनिस्ट आन्दोलनमा विचलन पनि आएका छन् । कतिले सिद्धान्त छोडेका पनि छन्’, उनले भने, ‘संसारका कुनै पनि कम्युनिस्टले राजतन्त्र स्विकार्दैन । स्वीकारेको भए पनि अन्ततः राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना गर्नु नै हो । कम्युनिस्ट आन्दोलनलाई एक राख्न प्रचण्ड र माधव नेपालले विशेष भूमिका खोल्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *