काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ ।