Wednesday, December 25

अवैधरुपमा कुवेत जान लागेका १३ जना युवतीको उद्दार

रूपन्देही, १४ मंसिर । रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै अवैधरुपमा भारत हुँदै कुवेत जान थालेका १३ जना युवतीको उद्दार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी नवीन पौडेलले १३ युवतीको उद्दार गरिएको जानकारी दिए ।

पौडेलले रूपन्देहीको शान्ति पुनः स्थापना गृहले युवतीहरुको उद्दार गरेको र थप अध्ययन भइरहेको बताए ।

शान्ति पुनः स्थापना गृह रूपन्देहीका सुपर भाइजर नितेश चौधरीले बिहीबार दिउँसो ३ बजे अबैधरुपमा कुवेत जान थालेका युवतीको उद्दार गरिएको बताए । चौधरीले युवतीसंग श्रम स्वीकृती, बिमा लगायतका कागज पत्र नभएकाले शंका लागेकाले उद्दार गरिएको जानकारी दिए ।

@बुटवलटुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *