Wednesday, December 25

लुटपाटमा संलग्न गिरोहका चार भारतीयसहित ६ जना पक्राउ

१४ मंसिर, जनकपुरधाम । श्रृंखलाबद्ध चोरी, डाँका तथा लुटपाटमा संलग्न गिरोहका चार भारतीय सहित ६ जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतीयको विहार सितामढी बेलाथाना ग्राम पञ्चायत शिवनगर–१ फुलहटा घर भई हाल महोत्तरीको गौशाला नगरपालिका ४ निगौल बस्ने ३० वर्षीय प्रमोद कुमार साह, उनकी श्रीमती सन्जु देवी साह, सितामढी नगरपालिका जानकीनगर घर भई गौशाला–५ महलिया टोलमा बस्दै आएका ५२ वर्षीय रन्धिर साह र सितामढी वेला थाना विष्णुपुर पंचायत बस्ने वर्ष २४ का गोलु भन्ने सुधिर भण्डारी माली छन् ।

यस्तै महोत्तरीको गौशाला नगरपालिका ९ बिसरपुरका २८ वर्षीय ललन साह र गौशाला नगरपालिका ६ फुलकाहा बस्ने वर्ष २६ का राकेश कुमार यादव पनि पक्राउ परेको महोत्तरीका प्रहरी प्रवक्ता सन्तुलाल जयसवारले जानकारी दिए ।

डीएसपी जयसवारका अनुसार उनीहरू विभिन्न समय र स्थानमा हातहतियार देखाएर लुटपाट गरेको घटनामा संलग्न रहेको पाइएको छ ।

महोत्तरीको औरही नगरपालिका–६ स्थित संजय कुमार यादव, गौशाला नगरपालिका–२ निगौल स्थित पुनम देवी, गौशाला नगरपालिका–१० जलिल टोल अपसना खातुन र राम बालक राउत कुर्मी, गौशाला नगरपालिका–४ रजखोर टोल बस्ने शुशिला देवीको घरमा उनीहरूले चोरी तथा लुटपाट गरेको खुलेको डीएसपी जयसवारले बताए।

उनीहरूको साथबाट लुटपाटमा संलग्न रहेको हातहतियार समेत फेला परेको छ ।

म्यागजितसहितको पेस्तोल दुईथान, नलकटुवा बनदुक १ थान, म्याग्जिनमा लोड रहेको गोली ५ राउण्ड, र पिँधमा विभिन्न नाम लेखिएको गोली १९ थान बरामद भएको डीएसपी जयसवारले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *