Monday, December 23

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर*

३० मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए ।

उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो ।

शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक मिलियन डलर पनि तिर्ने छ ।

*१५ मिलियन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ -स.

Leave a Reply

Your email address will not be published. Required fields are marked *