Friday, December 27

सरकारबाट जनता सन्तुष्ट छैनन् : संग्रौला

९ पुस, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको जिकिर गरिन् ।

कांग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनताले सरकारबाट विकासको अनुभूति नगरेको पाएको उनले जानकारी दिइन् ।

वर्तमान सत्ता गठबन्धन राजनीतिक अस्थिरता अन्त्यसँगै संविधान संशोधनका लागि बनेको बताउँदै संग्रौलाले संविधान संशोधनको प्रक्रिया अगाडि नबढेकोमा असन्तुष्टि जनाइन् ।

यद्यपि सरकारमा २०८४ सालसम्मै कांग्रेस र एमालेबीच सहकार्य हुने उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *