Sunday, January 12

काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी, बाहिर समर्थक जम्‍मा हुँदै

२८ पुस, काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि चलिरहेको छ ।

काठमाडौं जिल्ला अदालतमा बयान चलिरहँदा अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा हुँदै गएका छन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान चलिरहेको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेकसम्बन्धी बयानका लागि पूर्वगृहमन्त्री लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।

गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *