Tuesday, December 24

घटे कपिल शर्माको शोक दर्शक, दुई एपिसोडको भ्यूज १८ लाख मात्रै

नयाँ दिल्ली । ‘द ग्रेट इन्डियन कपिल शर्मा शो’को दोस्रो सिजन आएको छ । शोक पहिलो एपिसोडमा निर्देशक करण जोहरसँग आलिया भट्ट आएकी थिइन् ।

शोक दोस्रो एपिसोडमा जुनियर एनटीआर, जान्हवी कपूर र सैफ अली खान आफ्नो फिल्म देवराकाको प्रचार गर्न आएका थिए । दोस्रो सिजनको तुलनामा यस शोक पहिलो सिजनले कम भ्युज पाएको छ ।

घट्यो शोक दर्शक

द ग्रेट इन्डियन कपिल शर्मा शोक दर्शकमा ठूलो कमी देखिएको छ । यो शो गत सिजनमा शीर्ष १० हिन्दी शोहरूको सूचीमा समावेश भएको थियो । शीर्ष १० मा शो छैटौं स्थानमा थियो । नेटफ्लिक्समा दर्शक संख्यालाई हेर्ने हो भने शोका दुई एपिसोडमा १८ लाख मात्रै भ्युज आएको छ । एपिसोडैपिच्छे भ्युज घटिरहेको छ । गत हप्ता द ग्रेट इन्डियन कपिल शर्मा शोक एक एपिसोडलाई १२ लाख पटक हेरिएको थियो । दुई एपिसोडहरू मिलाउँदा भ्युज संख्या १८ लाख पुगेको छ ।

लेखक अमित आर्यनले यस शोक सफलताका लागि कपिल शर्माले आफ्ना सबै सह–कलाकारलाई धन्यवाद दिनुपर्ने बताए । ‘द कपिल शर्मा शो इतिहासको सबैभन्दा भल्गर कमेडी शो हो । हेर्दा यो सामान्य कुराकानी जस्तो देखिन्छ, तर मलाई भन्ने अधिकार छ । मसँग कपिल शर्मा, किकु शारदा र कृष्णा अभिषेकभन्दा धेरै अनुभव छ । यो कार्यक्रममा महिलाको इज्जत हुँदैन ।’ उनले भने । कृष्णा अभिषेकको चरित्रले सधै तल्लो तहको कुरा गर्ने उनको भनाई थियो ।

@रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *