२२ कात्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका- ९ का बाढी र डुवान पीडित घरधुरीलाई जस्तापाता सहयोग गरिएको छ ।
डा. ट्रुङ्गरम ग्याल्टुङ रिम्पोछेद्वारा स्थापित संस्थाहरू युनाइटेड ट्रुङ्गरम वौद्ध फाउण्डेसन र धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले चार घरपरिवारलाई जस्तापाता सहयोग गरेका हुन् ।
बुधबार महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन र वडाध्यक्ष जयकृष्ण बोगटीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका घरधुरीहरूलाई बासस्थान पुनर्निर्माणका लागि सहयोग गरिएको संस्थाले जनाएको छ ।
युनाइटेड ट्रुङ्गरम वौद्ध फाउण्डेसन अहिंसा, सामाजिक न्याय र आपसी समझदारीको सिद्धान्त प्रवर्द्धन गर्ने गैरनाफामूलक संस्था हो । धर्मकाया सेन्टर फर रिसर्च एण्ड वेलबिइङले बौद्धधर्मका शिक्षा र अभ्यासहरूमा केन्द्रित अनुसन्धान गर्दछ ।