२३ कात्तिक, काठमाडौं । उपचुनावबारे निर्णय गर्नेसहित एजेण्डा तय गरेर नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
भोलि, शनिबार बिहान ११ बजे केन्द्रीय मूख्यालय च्यासलमा ४०औं सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार सचिवालय बैठकमा उपचुनावबारे निर्णय लिइनेछ । ‘समसायिक राजनीतिक अवस्था, सत्तारुढ कांग्रेस र एमालेले बनाएको संयन्त्र, उपचुनाव र पार्टीको आन्तरिक काम बैठकको एजेण्डा हुनेछ’, गौतमले भने ।