Wednesday, December 25

पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने माओवादी केन्द्रको निर्णय

२६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको छ ।

साथै जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *