Sunday, December 29

‘इन्ट्री रुट’ नपाउँदा भैरहवा जाने जहाज सिमराबाट फन्को मार्नुपर्ने सकस

२७ कात्तिक, काठमाडौं । भारतले नेपाल प्रवेश गर्ने जहाजलाई एकमात्र प्रवेश बिन्दु ‘सिमरा’ उपलब्ध गराएको छ ।

नेपाल सरकारले लामो समयदेखि थप प्रवेश बिन्दु दिन माग गरे पनि भारतले दिएको छैन । यसको मार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने जहाजलाई परिरहेको छ ।

मंगलबार दोहाबाट आएको कतार एयरवेजको ‘वाइड बडी’ जहाज सिमराबाट प्रवेश गरी पुनः भैरहवातर्फ सोझिनु परेको छ । यस रुटबाट जहाज जाँदा अतिरिक्त फन्को मार्नुपर्छ । जसले गर्दा उडान समय र इन्धन खपत बढाउँछ ।

यसरी लाग्ने अतिरिक्त मूल्य वायुसेवा कम्पनीले अन्ततः हवाई भाडामा लगाउँछन् । जसको मारमा यात्रु पर्छन् । वायुसेवा कम्पनीहरूले भैरहवामा उडान गर्न आनाकानी गर्नुको एउटा कारण एकमात्र ‘इन्ट्री रुट’ हुनु समेत हो ।

नेपालबाट उडेका जहाज विदेश जाँदा अन्य रुट प्रयोग गर्न सक्छन् । तर, भारततर्फबाट नेपाल प्रवेश गर्ने रुट भने एउटामात्र छ ।

नेपालले यस्तो इन्ट्री रुट अन्त पनि दिन लामो समयदेखि भारतसँग माग गर्दै आएको छ । तर, भारतले यसलाई सधैं बेवास्ता गर्दै आएको छ । भारत हुँदै नेपाल छिर्न एकमात्र रुट भएका कारण वायुसेवा कम्पनीहरूलाई सकस पर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *