Thursday, December 26

नवराज अर्याल परिवारको जिम्मा जमानीमा रिहा

काठमाडौँ । आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । उनले दिएको टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले बताए ।

अर्याललाई उनकी छोरीले जिम्मा लिएकी हुन् । करारको जागिरबाट २०७७ मा लाइसेन्सको कारण बर्खास्त गरेपछि उनि विचलित भएको अनुसन्धान अधिकृतहरू बताउँछन् । अर्याल तत्कालीन खानेपानी मन्त्री बिना मगरको चालक थिए ।

अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा जिकिर गरेका छन् । तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

उनले भने, ‘अर्यालको भनाई कतैबाट पनि पुष्टि हुँदैन, उनले मिडिया देखेर त्यस्तो कुरा बोलेको हामीसँग बताएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *