Tuesday, December 24

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पर्‍यो जाहेरी

५ मंसिर, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको हो ।

चितवन साहारा सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध जाहेरी परेको हो।

बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्माले लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको पुष्टि गरे ।

साहारा चितवन सहकारी ठगीको मुद्दा यसअघि नै अदालत पुगिकेको थियो । ८ असोजमा जीबी राईसहित १७ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *