७ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वसँग जोडेर चर्चामा आएका काण्डहरुको छानबिन गर्न तयार रहेको बताएका छन् ।
दरबारमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै पोखरेलले छानबिन गर्दा फरक नपर्ने बताएका हुन् ।
एमालेसँग जोडिएर गरिने प्रचार भ्रम मात्र भएकाले छानबिन गर्न तयार रहेको उनले बताए । ‘छानबिन गरौं न, के फरक पर्छ !’, उनले भने ।
महासचिव पोखरेलले यति, ओम्नी, गिरीबन्धु लगायत प्रकरण एमालेविरुद्ध भ्रम फैलाउने प्रयास मात्र भएको उनले दाबी गरे । अहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी रहेको हल्ला पनि भ्रम भएको पोखरेलले बताए ।
‘त्यहाँ लगानी प्रमाणित गरे यसैलाई थपेर दिने सार्वजनिक रुपमा भनिसक्नु भएको छ’, पोखरेलले भने ।