काठमाडौँ । सरकारले स–शुल्क टिकटको व्यवस्था गरेको पहिलो दिन ६६३ जना धरहरा चढेका छन् । पहिलो दिन टिकट काउन्टरबाट ६६३ जनाले धरहराको स–शुल्क टिकट लिएको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।
सरकारले आइतबारदेखि स–शुल्क सञ्चालनमा ल्याएको धरहरा दैनिक एक हजार सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।
हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेको र केहि दिनमा सञ्चालनमा ल्याउने राईले बताए ।