Tuesday, December 24

माइतीघरमा रास्वपा नेता कार्यकर्ताको प्रदर्शन

११ मंसिर, काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेका छन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी हुँदा रास्वपाका नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । ‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरुले विरोध गरिरहेका छन् ।

लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ । सोमबार पार्टी सभापतिले पठाएको भनि रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ ।

लामिछानेलाई पछिल्लोपटक १५ दिनका लागि अदालतले म्याद थपेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *