Friday, December 27

प्रचण्डसहित १८ जनालाई गणतन्त्र सेनानी सम्मान

१९ मंसिर, काठमाडौं। नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते÷अपाङ्गहरु छन् ।

गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आज आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संस्थाको तर्फबाट र अन्यलाई प्रचण्डको हातबाट ताम्रपत्र, पदक र दोसल्ला सहित सम्मान गरिएको हो ।

माओवादी जनयुद्धमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गर्ने उद्देश्यले सरल सहयात्री पौडेलको अध्यक्षतामा ‘गणतन्त्र सेनानी कोष’ बनाइएको छ । त्यही कोषले आज पहिलोपटक सम्मान कार्यक्रम गरेको हो ।

‘आज गणतन्त्र सेनानी सम्मानको उद्घाटन हो’ सरल सहयात्रीले भने, ‘सुरुमा पार्टी अध्यक्ष प्रचण्ड, चार जना डेपुटी कमाण्डर र शहीद तथा बेपत्ता परिवार एवं घाइते अपाङ्गहरु समेटिने गरी बागमती प्रदेशका १३ जिल्लाबाट एक–एक जनालाई सम्मान गरेका छौं ।’
यस्तो कार्यक्रम पछि सबै जिल्लामा विस्तार गर्ने पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *