२३ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका-८ प्रदीपनगर डाँडामा लु३त ६५४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका-६ का अन्दाजी ३५ वर्षीय टेक्टर चालक रामकृष्ण कुर्मीको मृत्यु भएको हो ।
रुपन्देहीको मायादेवी-६ स्थित रुपन्देही बाबा इँटा उद्योगबाट तिलोत्तमा-११ गणेशनगरमा इँटा पुर्याइ फर्किने क्रममा दुर्घटना हुँदा चालक कुर्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
ट्याक्टर सडक छाडेर कल्भर्टको दायाँतर्फ गुड्दा दुर्घटना भएको देखिएको प्रहरी निरीक्षक नेपालीले बताए । शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान हुने उनले बताए ।