Wednesday, December 25

विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह

२३ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ ।

विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।

जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ ।

परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५-२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।\

२० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा मात्रै उनीहरुलाई विवाहमा सहभागी गराइएको अध्यक्ष साहले बताए । यसरी एक जोडीको बिहेको व्यवस्थापनमा ७०-८० हजार रुपैयाँ खर्च भएको उनले बताए । आर्थिक सहयोग संकलन गरी खर्च जुटाउने गरिएको छ ।

त्रेता युगदेखि नै जनकपुरधाम उत्तम विवाह भूमि हो भन्ने संस्कृतिलाई प्रवद्ध गर्न विश्व हिन्दु परिषद्ले ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा जोडीहरुको सामूहिक विवाह आयोजन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *