Tuesday, December 24

रागिनी उपाध्याय कला प्रतिष्ठानले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने

काठमाडौं । रागिनी उपाध्याय कला प्रतिष्ठानले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । यस्तै दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष समेत स्थापना गरिएको छ ।

प्रतिष्ठानको शनिबार बसेको बैठकले नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार र छात्रवृत्ति हरेक वर्ष ९ नोभेम्बरमा प्रदान गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पत्रकार पुरस्कारको राशि एक लाख रुपैयाँ छ भने छात्रवृत्ति जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

भक्तपुरको बालकोटमा कार्यालय रहेको प्रतिष्ठानको अध्यक्ष प्रसिद्ध कलाकार एवं नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकफ पूर्वउपकुलपति रागिनी उपाध्याय छिन् । उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले, सचिवमा प्रा. डा. गोविन्दराज पोखरेल र कोषाध्यक्षमा सुप्रिया पौडेल छन् । अखिलेश उपाध्याय, डा. रमेश पोखरेल, सिर्जना राणा, भाष्कर कोइराला र प्रतिमा थकाली प्रतिष्ठानको सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *